+

नेयमार कीर्तिमानी मूल्यमा पीएसजी गए

२०७४ साउन  २० गते ८:५१ २०७४ साउन २० गते ८:५१
नेयमार कीर्तिमानी मूल्यमा पीएसजी गए


२० साउन, काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कीर्तिमानी मूल्यमा बार्सिलोनाका फवार्ड नेयमारलाई भित्र्याएको छ ।

पीएसजीले २२० मिलियन युरोमा नेयमारलाई अनुवन्ध गरेको हो । यससँगै म्यानचेष्टर युनाइटेडले युभेन्टसका पल पोग्बालाई भित्र्याउँदा बनाएको ८९ मिलियन पाउण्डको रेकर्ड तोकिएको छ ।

नेयमारले वार्षिक ४५ मिलियन यूरो कमाउनेछन् ।

उनले भनेका छन् कि उनी युरोपको सबैभन्दा महत्त्वकांक्षी क्लबमा गएका हुन् । साथै उनले नयाँ चुनौती सामना गर्न आफूले बार्सिलोना छाडेको समेत बताएका छन् ।

नेयमार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय