+
+

रुपन्देहीमा व्यवसायीलाई लक्षित गरी गोली प्रहार, मनोज पुनले लिए जिम्मा

सलमान खान सलमान खान
२०७४ साउन २० गते १४:२१

२० साउन, भैरहवा । रुपन्देहीको मणिग्राममा एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलार्इ लक्षित गरी गोली प्रहार भएको थियो ।

भण्डारीलाई लक्षित गरी दुई राउण्ड गोली प्रहार भएको थियो । तर, उनी सुरक्षित छन् ।

लगतै प्रहरीको मस्ट वान्टेड सूचिमा रहेको मनोज पुनले घटना आफूले गराएको दाबी गरेका छन् । मलेसियामा रहेको बताउने उनले व्यवसायी भण्डारीसँग ४० लाख रुपैयाँ माग गरेको तर नदिएकाले आफूले गोली चलाउन लगाएको दाबी गरे ।

मनोज युवा संघका नेता दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार मानिएको छ र उनी फरार छन् ।

गोली प्रहार गर्ने को हुन् भन्ने केही खुलेको छैन । डीएसपी बेलबहादुर पाण्डेले भने ग्राहक बनेर गएको र भण्डारी नभेटेपछि गोली चलाएर भागेको सूचना रहेका बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?