+
+

तीन नेताद्वारा राजपा बैठक बहिस्कार, चुनावमा जाने कि नजाने चर्को बहस

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २० गते २३:२०

२० साउन, काठमाडौं । भावी रणनीति तय गर्न भन्दै बोलाइएको राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी बैठकमा तीन प्रभावशाली नेता अनुपस्थित भएका छन् ।

राजपाको बैठक तीन दिनदेखि जारी छ । तर, हृदयेश त्रिपाठी, सर्वोन्द्रनाथ शुक्ल र बृजेशकुमार गुप्ता सहभागी भएका छैनन् । तीनै नेता प्रदेश नम्बर ५ का हुन् र पार्टीले निर्वाचन बहिस्कार गरेकोमा असन्तुष्टि जनाउँदै आएका थिए ।

राजपाका एक नेताले भने, ‘तीन दिनदेखि बैठक बसिरहेको छ । तर, तीन नेता आउनु भएको छैन ।’

शुक्ल र गुप्ता निकटका केहीले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव समेत जितेका छन् । संयोगले तीनै नेता अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नेतृत्वको तत्कालीन तमलोपाका नेता हुन् । शुक्ल र गुप्ता दुबै प्रत्यक्ष निर्वाचित संसाद समेत हुन् ।

चुनावमा जाने कि नजाने चर्को बहस

एकता प्रक्रियामा आएका छ पार्टीका सबै पदाधिकारी भएकाले राजपाको पदाधिकारी निकै ठूलो छ र तीन दिनदेखि नेताहरुले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ ।

बैठकमा चुनावमा जाने कि नजाने चर्को बहस भइरहेको छ । केही चुनावको पक्षमा उभिएका छन् भने केही संविधान संशोधन नभएसम्म चुनावमा जानै हुन्न भन्नेमा पक्षमा उभिएका छन् । धेरैले भने माग पुरा गराउने प्रयत्न गर्नु पर्ने र त्यसपछि केन्द्रीय समितिको बैठकबाट चुनावबारे निर्णय गर्नु पर्ने मत राखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?