Comments Add Comment

स्याउ टिप्दै सिड्नी झरेका सुरेनको फोटोग्राफी यात्रा

उत्कृष्ट म्यूजिक भिडीयो तथा म्यूजिक भिडीयो निर्देशकमा मनोनयन


५ अगस्ट, सिड्नी । ‘स्रष्टालाई प्रोत्साहान सिर्जनाको सम्मान’ भन्दै नेपालमा भएको एक प्रतियोगिताको मनोनयनमा सिड्नीका सुरेन श्रेष्ठ पर्न सफल भएका छन् ।

बेस्ट म्यूजिक भिडीयो तथा बेस्ट म्यूजिक भिडीयो निर्देशन शीर्षकमा उनी मनोनयनमा परेको आयोजक ओएस नेपालले जनाएको छ । सुरेनसंग यो प्रतिस्पर्धामाअरु चार जना पनि छन् ।

स्याउ फारम हुँदै सिड्नी झरे

सुरेन सन् २००८ मा उच्च शिक्षा हासिल गर्न अस्ट्रेलियामा आएका थिए । उनले अस्ट्रेलिया आएको सुरुका दिनहरुमा निकै हण्डर र ठक्कर खानु परेको थियो । सन् २०११ सम्म अष्ट्रेलियाको स्याउको फार्ममा काम गरेका त्येसपछि स्थायी रुपमा सिड्नी झरेका थिए । उनले कन्स्ट्रक्सन सफाईको काम हुँदै रेष्टुरेण्टमा सेफसम्मको अनुभव सम्हाले ।

जब फोटो खिच्न सुरु गरे

उनले सन् २०१३ बाट सानोतिनो सामाजिक कार्यक्रमहरुमा फोटो खिच्न सुरु गरेता पनि सन् २०१४ बाट ब्यावसायीक रुपमा फोटोग्राफी सुरु गरेका थिए ।

अस्ट्रेलियामा हालसम्म उनले ५०० भन्दा बढी बिवाह, पाश्नी , भोज तथा सांगीतिक कार्यक्रमहरुको फोटो खिचेका छन् ।

उनले सन् २०१६ मा पहिलो चोटी गायक उदेश श्रेष्ठको गीतमा भिडीयो निर्देशन गरेका हुन् ।

पछि सत्यराज आचार्य जस्ता गयककारका गीतहरुमा भिडीयो निर्देशन गरेका सुरेनले आफ्नो र अर्काको गरी आधा दर्जन म्युजिक भीडीयोमा आफै पनि मोडेल भएर खेलेका छन् ।

दश महिनामा ८ वटा म्युजिक भिडियो र २ वटा सानो चलचित्र (सर्ट मुभी) गरी १० वटा भीडीयो निर्देशन गरेका सुरेनले अझै निर्माणाधीन ६ वटा सर्ट मुभी र १२ वटा मयूजिक भीडीयो समय अभावको कारण पूरा गर्न सकेका छैनन् ।

एक चोटी नेपाल जादा चर्चित गायक अनिल सिंहले उनलाई आफ्नो गीतमा अहिलेका चर्चित नायिका वर्षा राउतसंग मोडलिङ्ग गर्न सरप्राईज गरेको कुरा उनी कहिलै भुल्दैन ।

अनिल सिंहको सोही गीतको भीडीयोबाट आफूलाई अन्य फिल्ममा अफर आएको बताउँछन ।

सिड्नी फर्के लगतै सिल्वर स्क्रीन प्रोडक्सनका अशोक तिमील्सिनाको छोटो चलचित्र प्रेमको परिभाषा र जीवन रसाइलीले निर्देशन् गरेको जबिक केसीको समय नामक मयूजिक भीडीयोमा मोडेल भएर काम गरेका छन् ।

तालिम छैन तर पनि सिपालु

अस्ट्रेलियाका विभिन्न ठाउँबाट आफूलाई फोटो र भीडीयो सुटको लागि अफर आएको तर समय अभावका कारण धेरै ठाउँमा पुग्न नसकेको अनलाइनखबरलार्इ बताए ।

सबै मान्छेहरुलाई आफ्ना पीडाहरुलाई भुल्न लगाएर तीन, चार सेकेण्ड भए पनि अनुहारमा हाँसो ल्याउन खोज्नु लाई खुशी मान्ने सुरेन अहिलेसम्म कुनै पनि फोटोग्राफी कोर्स नगरेको बताउँछन ।

हाललाई यही पेशाले आफ्नो जिवन चलिरहेका कारण आहिलेसम्म यसलाई पेशाको रुपमा मात्रै हेरेको छन् ।

आफना हरेक भिडियोमा नया नयाँ अनुहारहरूलाई सुनौलो अवसर दिनु र आफनो भिडियोले समाजमा भएका राम्रा नराम्रा कुराहरूको मिश्रण बनाएर समाजमा राम्रो सन्देश दिन सक्नु नै आफनो उद्यस्य रहेको उनी बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment