Comments Add Comment

अष्ट्रेलियामा बिस्तार हुँदै नेपाली फुटबल, नबाज कप राइजिङ गोर्खाजलाई

सिड्नी । सिड्नीमा सञ्चालित मेट्रो नवाज कप फुटबल प्रतियोगिताको उपाधि दी राइजिङ गोर्खाज क्लबले हात पारेको छ । प्रतिस्पर्धात्मक खेलमा फेवा फुटबल क्लबलाई १-० अन्तरले हराउँदै राइट एन्ड एशोसियट्स राइजिङ गोर्खाजले उपाधि चुमेको हो ।

ईनोज न्यौपानेले निर्णायक गोल गरेका थिए । स्ट्राइकर पारस थापाको सहयोगमा इनोजले गोल गरेका थिए ।

प्रतियोगितामा अष्ट्रेलियाका नेपालीहरूको १७ फुटबल टिमहरूको सहभागिता थियो ।

प्रतियोगिताका विजेता क्लबका प्रायोजक राइट एन्ड एशोसियट्सका निर्देशक बालचन्द्र भट्टराइले अष्ट्रेलियामा नेपाली समुदायबीच एकआपसबीच सम्बन्ध बढाउन यस्ता प्रतियोगिताहरु महत्वपूर्ण रहने बताए ।

प्रतियोगितामा अर्का निर्देशक परशुराम अधिकारीले भने, ‘सामाजिक क्षेत्र वा खेलकुद बिधामा पनि हामीले आफ्नो उपस्थिति जनाउने गरेका छौं ।’

प्रतियोगिताका म्यान अफ दी सिरिज फेवा फुटबल क्लबका अभिषेक गुरुङ, म्यान अफ दी म्याच राइजिङ गोर्खाजका कप्तान सुमिन कुमार भट्टराइ, बेष्ट गोलरक्षक टीआरजीका समिप गौचन घोषित भए ।

प्रतियोगिताका विजेताहरुलाई अस्ट्रेलियन नेप्लीज वेलफेयरका अध्यक्ष बिनोद शर्मा, पर्यटनदूत बद्री अर्याल, एनआरएनका उपाध्यक्ष नन्द गुरुङ, पूर्वउपाध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियन्ता नारायण प्रधान, एनआरएनका सचिब देव गुरुङ, प्रतियोगिताका प्राविधिक निर्देशक राजु मानन्धर, पत्रकार हेमन्त काफ्ले, सेन्टजोर्ज बैंकका विश्वास भट्टराइ, सिड्नी मेट्रो कलेजकी सुजाता चालिसे लगायतले विजेता खेलाडी तथा टिमलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा अस्ट्रेलियामा रहेका युवाहरूको उल्लेख्य सहभागिता रहेको नवाजका अध्यक्ष बिनोद शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment