Comments Add Comment

ट्राफिक प्रमुख सर्वेन्द्र खनालले भने-एयरपोर्टका ट्याक्सीबाट यातायातको सुधार थाल्यौं


२३ साउन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द खनालले सार्वजनिक यातायातमा हुने ठगी र बदमासी रोक्न एयरपोर्टको ट्याक्सीबाट सुरुवात गरिएको बताएका छन् ।

सोमबार संसदको विकास समिति बैठकमा बोल्दै खनालले बिलिङ मिटर जडान नगर्ने ट्याक्सीलाई पनि कारवाही थालिएको बताए ।  ‘सार्वजनिक सवारीको अब्यवस्थाका कारण प्रताडित हुनेमध्ये म पनि एक हुँ । कहाँ-कहाँ सुधार्नुपर्छ मलाई थाहा छ’ डिआईजी खनालले भने,’सुरुवात एयरपोर्टको ट्याक्सीबाट गरेको छौं ।’

अहिले एयरपोर्टको पि्र-पेड ट्याक्सीहरुले विदेशबाट फर्किएकाहरुलाई ठग्ने क्रम तीव्र छ । छोटेको दूरीमा पनि बढी भाडा लिने गर्दा धेरै यात्रुलाई समस्या छ ।

उनले उपत्याकाका विभिन्न ५२ स्थानमा ट्याक्सीका लागि पार्किङ लट ताकेको बताए । मिटरमा नचल्ने ट्याक्सीमाथि कारवाही सुरु गरिएको बताए । ‘९ हजारमध्ये ३ हजार ट्याक्सीले अझै बिलिङ मेसिन जोडेका छैनन् । तिनीहरुबाटै ठगी बढी भइरहेको छ,’ डिआईजी खनालले भने ।

उनले कसको जिम्मेवारी के हो भन्ने किटान नहुँदा पनि समस्या आएको भन्दै उनले अन्तर सरकारी समन्वयको अभावले पनि धेरै काम गर्न अप्ठेरो भएको बताए । ‘अस्ति माननीय ज्यूले लौ न ! मुग्लीनको जाम खोलिदिनुर्‍यो भनेर मलाई फोन गर्नुभयो । म उपात्यकाको मात्रै ट्राफिक ब्यवस्थापन हेर्छु भन्ने धेरै जिम्मेवार अधिकारीलाई नै थाहा छैन’ खनालले भने ।

उनले केही समयपछि नै काठमाडौंको ट्राफिक ब्यवस्थामा सुधार गर्ने दावी गर्दै उपत्यकाको ट्राफिक ब्यवस्थापनका सम्बन्धमा एउटा मास्टर प्ल्ान बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि आफूहरुले सहयोग गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment