Comments Add Comment

सोमबारका दिन धेरै चोरी हुने बाँके प्रहरीको तथ्यांक

२३ साउन, नेपालगन्ज । बाँंकेमा गत आर्थिक वर्षमा पाँच दर्जन बढी साधारण चोरीदेखि डांका चोरीसम्मका घटना भएपनि यीमध्ये सबैभन्दा धेरै सोमबार हुने गरेको पाइएको छ । प्रहरीका अनुसार, अधिकांश घटना सोमबार नै भएका छन् ।

चोरीका घटना नियन्त्रण र त्यस घटनाका अभियुक्तलाई पक्राउ गर्न सफल बांँके प्रहरीका प्रमुख तथा एसपी टेकप्रसाद राईले सरुवा भई जाँदाजाँदै गर्दा सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार सबै भन्दा धेरै १३ वटा चोरीका घटना भएका छन् । त्यसैगरी बिहीबार १२, बुधवार १० वटा चोरीका घटना धेरै हुने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्षमा ६२ वटा विभिन्न प्रकारका चोरीका घटना भएका छन् ।

चोरीको अभियोगमा पक्राउ परेका अभियुक्तहरु चोरीको विगो अनुसारको रकम तिरेर सजिलै उन्मुक्ति पाउने भएकोले पनि चोरीमा संलग्न अभियुक्तहरु पुनः चोरीमै र्फकने गरेको प्रहरीको दावी छ ।

‘यी बारहरुमा धेरै चोरीका घटनाहरु किन हुन्छन् ? प्रहरीले अनुसन्धान गरि रहेको छ’ एसपी राईले भने, ‘हामी यी घटनाका बारेमा अनुसन्धान गर्दैछौं ।’

प्रहरीका अनुसार नेपालगन्जमा सबैभन्दा धेरै चोरी हुने ठाउँहरुसमेत प्रहरीले पहिचान गरेको छ । ती ठाउँहरुको पहिचान गरी त्यसक्षेत्रमा फेरी चोरी नहोस् भन्नका लागि प्रहरीले सुरक्षा सतर्कता अपनाएको एसपी राईले बताए ।

चोरीको घटना मात्र नभई जिल्लामा समग्र सुरक्षा ब्यवस्था गत बर्ष राम्रो भएको पाइएको छ । जिल्लाबाट सरुवा भइ जान लागेका एसपी राईले भने, ‘मैले कस्तो काम गरें भन्ने कुरा यहाँका जनताले मुल्यांकन गर्नुभएको छ ।’

एसपी राईले शान्ति सुरक्षा कायम गर्न यहाँ जनताहरुले राम्रैसँग साथ दिएको अनुभव सुनाए । उनले भने, ‘तर बिचौलियाहरुले कहिले कहीँ समस्या गर्थे ।’ उनले शान्ति सुरक्षा कायम गर्न बिचौलियाबाट जोगिनु पर्ने पनि उनले बताएका छन् ।

उनले बिचौलियाबाट सेवाग्राहीलाई सचेत पार्नको लागि सेवा लिन आउने सेवाग्राहीलाई निवेदन लेख्ने, टिकट टाँस्ने लगायतको झण्झटिलो कामबाट मुक्त गर्दै सबैले नागरिक सहायता कक्षबाटै सेवा पाउने गरी व्यवस्था मिलाएको बताए ।

उनले गत आर्थिक वर्षमा मात्र सेवा लिन आउने १५ हजार २ सय बढी सेवाग्राहीलाई आफूले प्रत्यक्ष भेटेको बताए ।
एसपी राईले जनताको साथ पाएपछि जस्तोसुकै कठिनाई पनि पार गर्न सकिने बताए ।

बाँकेमा आर्थिक वर्ष २०७३/ ०७४ मा विभिन्न ४१ शीर्षकका अपराधमामा ८ सय ५५ वटा मुद्दा दायर भएका छन् । ती मध्ये कर्तव्य ज्यान १५, ज्यान मार्ने उद्योग २२, भवितब्य ज्यान ५५, फुटकर ज्यान २२, गर्भपतन, १, विष सेवन गरी आत्महत्या ३१, झुण्डेर आत्महत्या ४४, आगो लगाई आत्महत्या १, गौबध २, साधारण चोरी ४०, नकाबजनी चोरी १२, जबरजस्ती १, राहजनी चोरी १, सवारी चोरी ८, ठगी १६, जुवा ५, बहुविबाह २३, बाल बिवाह एउटा मुद्दा दर्ता भएको तथ्याङ्क छ ।

यसैगरी जबरजस्ती करणी ३९, जजक उद्योग २७, मानव बेचबिखन १८, सवारी ज्यान ६२, हातहतियार खरखजाना ६ लागु औषध १३७, केही सार्वजनिक अपराध २५२, अपहरण ५, आगो लगाएको १, नागरिकता ऐन १, कालो बजार १, प्रचीन स्मारक १, बाल यौन दुव्र्यवहार १ सवारी अंगभंग २, विद्युतीय कारोवबार १ र बैंकिङ्ग कसुर १ वटा मुद्दा दर्ता भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment