+
+
Shares

गाईजात्राको दिन सडक बढार्दै धुर्मुसले भने-मन पनि सफा राखौं

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २४ गते ११:४२


२४ साउन, कोहलपुर । गाईजात्राको बेला हाँस्य कलाकारहरु प्रहसन कार्यक्रममा व्यस्त हुन्छन् तर मंंगलबार बाँकेको कोहलपुरमा कलाकारहरु सडक सफा गरिरहेका थिए ।

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस), सुरबिर पण्डित (दाह्री बुढा) र पल्पसा डंगोल (चम्सुरी)ले मंगलबार कोहलपुरको सडकमा बढारेका छन् ।

‘सकारात्मक सोचको विकास गर्दै दिमागको फोहर हटाऔं,’ हातमा झाडू बोकेका धुर्मुसले भने, ‘शहर मात्र होइन मन पनि सफा राख्नुपर्छ ।’
‘शहर मात्र नभइ मन पनि सफा राखौं’ भन्ने नाराका साथ बैंक अफ काठमाण्डुले सुदूरपश्चिमबाट शुरु गरेको सरसफाइ अभियानमा सहभागी हुन हाँस्य कलाकारहरु कोहलपुर आएका हुन् । उनीहरु आज गाईजात्राको दिन दाङ र नवलपरासीसम्म पुगेर सफाइ अभियानमा सहभागी हुनेछन् ।

बैंक अफ काठमाण्डुका ब्राण्ड एम्वेस्डर समेत रहेका सिताराम कट्टेलले कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतलाई कुचो हस्तान्तरण गरेर अभियानको उदघाटन गरेका थिए । त्यसलगत्तै बैंक अफ काठमाण्डुको कोहलपुर शाखा अगाडिबाट कोहलपुरको न्यूरोडसम्म सरसफाई गरिएको थियो । धुर्मुससँगै कोहलपुर नगरपालिकाका मेयर, उपमेयर लगायतले पनि हातमा झाडु र कुचो लिएर सडक बढारेका थिए ।

सरसफाई कार्यक्रमसँगै साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । मंगलबार कोहलपुरको अभियान सम्पन्न भएलगत्तै दाङको तुलसीपुर हुँदै नवलपरासीको बर्दघाटमा पुगेर अभियान समापन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?