Comments Add Comment

चार दिन पछि वडाअध्यक्ष बोहोराको शव अछाम ल्याइयो

२४ साउन, अछाम । बाजुराको बडिमालिका दर्शनका क्रममा लेक लागेर मृत्यु भएका मेल्लेख गाउँपालिका-५ का वडाअध्यक्ष रामबहादुर बोहराको शव चार दिनपछि अछाम ल्याइएको छ ।

शनिबार बेलुकी लेक लागेर मृत्यु भएका वडा अध्यक्ष बोहराको शव मंगलबार सेनाको हेलिकप्टरबाट अछाम ल्याइएको हो ।

बोहराको शव छिमेकी षोडशाको नन्देश्वरी माविमा राखेर केही समयमै घरमा ल्याउने तयारी गरिएको छ ।

मृत्यु भएका वडा अध्यक्ष बोहराको शव घरमा ल्याएर बुढीगंगामा मंगलबार नै दाहसंस्कार गरिने तयार भएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।

मेल्लेखबाट षोडशा पुग्न करिब दुई घण्टा पैदल समय लाग्ने गर्दछ ।

मौसममा खराबी, साँघुरो बाटो, हेलिकप्टर अवतरण गर्ने स्थान अभावका कारण शव ल्याउन कठिन भएको अछाम र बाजुराका सुरक्षा निकायले बताउँदै आएका थिए ।

बोहोरा दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा मेल्लेख गाँउपालिका-५ विन्देवासिनीमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

तरुण दल अछामका उपाध्यक्ष समेत रहेका मृतक बोहराका दुई छोरा एक छोरी र श्रीमती रहेका छन् ।

शिवराज ढुंगाना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment