Comments Add Comment

तिब्बत एअरलाईन्सले शुरु गर्यो चेङ्दु–काठमाडौं सीधा उडान


२५ साउन, काठमाडौं । तिब्बतको ल्हासास्थित तिब्बत एअरलाईन्सले चेङ्दु–काठमाडौं सीधा उडान शुरु गरेको छ । एअरलाइन्सले मंगलबारबाट सीधा नियमित उडान शुरु गरेको हो ।

एअरलाईन्सको प्रारम्भिक उडान TV 9899 चेङदु सुनाग्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साँझ १८:१६ मा प्रस्थान गरी काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा साँझ १९:१५ मा अवतरण भयो ।

एअरलाइन्सले शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मंगलबार, बिहीबार र शानिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास गरी जम्मा १२८ सिट भएको एअरबस ए–३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।

तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागि हिमालय एअरलाईन्स प्रालिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको जनाएको छ ।

ल्हासा, गोनगार एअरपोर्ट, तिब्बत, चिनमा अवस्थित तिब्वत एअरलाईन्सले आफनो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो । यो एअरलाईन्स कम्पनीले हाल चिनभित्र आन्तरिक उडानहरु गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment