Comments Add Comment

पब्लिसिटी फन्डाः कतै कन्डोमको सवारी, कतै भिखारी रुप

हाम्रा फिल्ममेकर्सले पनि भोगेका छन्, फिल्म बनाउन जति गाह्रो छ, उत्तिकै गाह्रो फिल्म चलाउन पनि ।

फिल्मको सम्पूर्ण काम सिध्याएपछि जब प्रदर्शनको दिनगन्ती सुरु हुन्छ, तब फिल्मको पब्लिसिटी तिब्र पारिन्छ । के पब्लिसिटी बिना फिल्म चल्दैन ?

भलै फिल्म उत्कृष्ट बनाइएको होस्, तर निश्चित अवधीमा पब्लिसिटी गर्नैपर्छ । किनभने फिल्म प्रदर्शन भएको दुई वा तीन दिनमा एक किसिमको तरंग ल्याउन सकेन भने जस्तोसुकै फिल्म पनि हलबाट उत्रन सक्छ । जब हलबाट उत्रन्छ, तब फिल्मको आयु सकिन्छ ।

त्यसपछि पुनः हलमा प्रदर्शनको पालो पाउन मुश्किल हुन्छ ।

त्यसैले निश्चित समयावधीमा फिल्मको तरंग दर्शकसम्म पुर्‍याउनका लागि पब्लिसिटी गर्नैपर्छ । हामीकहाँ पनि पब्लिसिटीको अनेकन फन्डा अपनाउने गरिन्छ । कुनैबेला हात्तीमा फिल्मको पोस्टर झुन्ड्याएर फिल्मको पब्लिसिटी गरियो त, कुनैबेला दर्शकलाई ‘आँशु पुछ्ने’ रुमाल बाढेर ।

अब कुरा गरौं बलिउडको । बलिउडको प्रभाव विश्वव्यापी छ । त्यहाँ बिग बजेट फिल्म सार्वजनिक हुँदा सर्वत्र त्यसको तरंग पैदा हुन्छ । यद्यपी बलिउडले ति फिल्मका लागि पनि पब्लिसिटी फन्डा अपनाउने गरिन्छ ।

कतिपय यस्ता फिल्म हुन्छन्, जो घोषणा भएदेखि नै लगातार चर्चामा आइरहन्छन् । जस्तो यशराज फिल्म्सको ब्यानरमा बनेको, ठग्स अफ हिन्दुस्तान । जतिसुकै चर्चा भएपनि फिल्म प्रदर्शनको बेला जमेर पब्लिसिटी गरियो ।

आमिर खान जस्ता अभिनेता पनि पब्लिसिटी बिना फिल्म चल्छ भन्नेमा ढुक्क छैनन् । पब्लिसिटी फन्डाकै कारण दर्शकहरुमा फिल्मप्रति रुची बढ्छ र हलसम्म आउँछन् । अतः यसका लागि अनेकन काइदा अपनाउने गरिएको छ ।

थ्री इडियट्स र गजनी

थ्री इडियट्सका लागि आमिर खानले कतिपय स्थानमा आफ्नो रुप बदलेर गएका थिए । जबकी उनलाई कसैले पहिचान गर्न सकेन । गाउँमा एक सामान्य विवाहमा अचानक उनी पुग्दा त्यहाँको माहौल नै बद्लिएको थियो । विवाह समारोहमा पुगेर उनले दुलहा दुलहीलाई निम्तो दिएका थिए ।

यसैगरी गजनी फिल्म प्रदर्शन अघि उनले आफ्नो कपाल मुन्डन गरेका थिए ।

२ स्टेट्स

धर्मा प्रोडक्सनले यस फिल्मको ट्रेलर लन्च गर्नका लागि पत्रकारलाई फरक ढंगले आमन्त्रण गरेका थिए । उनीहरुले ट्रेलर सार्वजनिकमा विवाहको कार्ड जस्तै निमन्त्रणा पत्र छपाएर पत्रकारलाई पठाएका थिए ।

तमाशा

रणवीर कपूर र दीपिका पादुकोणले पनि आफ्नो यस फिल्म प्रमोशनका लागि ट्रेनमा मुम्बईदेखि दिल्लीसम्मको यात्रा गरेका थिए ।

बाबी जासुस

विद्या बालनले यस फिल्मको प्रदर्शनअघि भिखारीको रुप लिएर केही सार्वजनिक स्थानमा पुगेकी थिइन् । विद्याले यसरी रुप बदलेर आफ्ना प्रसशंकमाझ पुगेकी थिइन्, तर उनीहरुले पहिचान गर्न सकेनन् ।

रागिनी एमएमएस २

यस फिल्मको प्रचारका लागि निर्माताले लगभग हरेक एक अटो रिक्शामा फिल्मको पोस्टर लगाइदिएका थिए ।

शुभ मंगल सावधान

आयुष्मान खुरान र भूमि पेडनेकरले यस फिल्मको प्रचारका लागि गजब आइडिया निकालेका थिए । उनीहरु फिल्म प्रदर्शन अघि कन्डोमको आवरणमा सजिएको बाइकमा सवार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment