Comments Add Comment

बाबुरामले भने–प्रतिरोधी संरचना निर्माण ध्यान पुगोस्

१८ चैत, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्सामा आएको हावाहुरीले पुगेको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

बारा र पर्सामा आइतबार आएको हावाहुरीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएलगत्तै एक ट्वीट गर्दै बाबुरामले दःख व्यक्त गरेका हुन् ।

उनले घाइते तथा पीडितहरुको उद्धार र राहत कार्यमा कुनै कमी हुन नदिन पनि सरकारसँग माग गरेका छन् ।

भट्टराईले प्राकृतिक प्रकोप प्रतिरोधी संरचना निर्माण ध्यान दिन राज्य र नागरिक वर्ग सबैमा आग्रहसमेत गरेका छन् । प्राकृतिक प्रकोप प्रतिरोधी संरचनाको अभावले ठूलो क्षति भएकाले अबका दिनमा यसप्रति सचेत हुनुपर्ने मत बाबुरामको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment