Comments Add Comment

‘बाहुवली २’ लगायो बलिउडमा ग्रहण, ४ महिनामा ३० फिल्म असफल


के बलिउडमा ग्रहण नै लागेको हो ? दर्शकका आँखाले भव्य सेटमा रोचक कथा हेरिसकेपछि सामान्य फ्रेममा बनेका चलचित्र हेर्न छाडेका हुन् ? हरेक दिनजसो अहिले बलिउडका पण्डितहरुविच यही नै बहस हुन थालेको छ ।

अपि्रलको २८ तारिखमा रिलिज भएको चलचित्र ‘बाहुवली २’ले विश्वभरबाट १७ सय करोड भन्दा बढी कमाइसकेको छ । जसमा ५ सय करोड भन्दा बढी कमाइ त हिन्दी भर्सनमा नै गरेको छ ।

दुर्भाग्य नै भन्नुपर्छ, यो चलचित्र रिलिज भएपछि करिब ४ महिनाको अन्तरमा प्रदर्शनमा आएका अधिकांश ठूला वा साना बजेटका बलिउड चलचित्र असफल भएका छन् ।

साहरुख खान, सलमान खान, अमिताभ बच्चन, रणवीर कपुर जस्ता स्टारका चलचित्रले पनि बक्स अफिसमा हावा खाएपछि बलिउडमा अहिले ठूलै बहस छेडिएको छ ।

अमिताभ बच्चन अभिनित चलचित्र ‘सरकार ३’, आयुष्मान खुराना र परिणिती चोपडा अभिनित चलचित्र ‘मेरी प्यारी बिन्दु’, सुशान्त सिंह राजपुत र कृती सेनन अभिनित चलचित्र ‘रब्ता’, रणवीर कपुर र कटि्रना कैफ अभिनित चलचित्र ‘जग्गा जासुस’, टाइगर श्राफ अभिनित चलचित्र ‘मुन्ना माइकल’, सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’, साहरुख खान र अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ जस्ता चलचित्र असफल भए ।

बलिडका ट्रेड तरण आदर्शले ‘बाहुवली २’पछि बलिउडमा ग्रहण लागेको भन्दै ट्विटरमा अब स्टारहरुलाई स्टार हुँ भनेर घमण्ड नगर्न सुझाव दिएका छन् । साथै, उनले अब कथावस्तुमा ध्यान दिनु आवश्यक रहेको बताएका छन् ।

ट्विटरमा ‘बाहुवली २’का कारण बलिउडले अब मेकिङ र कथावस्तुमा ध्यान नदिएको खण्डमा खतराको घन्टी बजेको चर्चा हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment