Comments Add Comment

गोर्खाल्याण्ड आन्दोलनमा सहभागी भएको भन्दै इलामे युवा पक्राउ

२५ साउन, इलाम । गोर्खाल्याण्ड आन्दोलनको सहभागी भएको भन्दै इलामका युवा सिलगुढीबाट पक्राउ परेका छन् ।

सिलिगुढी प्रहरीले सोमबार इलाम फिक्कलका उदयहाङ्ग फागोलाई गोर्खाल्याण्ड आन्दोलनमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । पक्राउ परेका फागो लिम्बुवानका कार्यकर्ता हुन् ।

उपचारका लागि गएका फागोलाई पक्राउ गरेको भन्दै उनका परिवार र फिक्कलबासीहरुले बुधबार जिल्ला प्रशासन कार्यालयमलाई रिहाइको पहल गरिदिन अपिल गरेका हुन् । उनीहरुले नेकपा एमाले बरिष्ठ नेता झलनाथ खनाललाई भेटेर फागोको रिहाईका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन् ।

आमाको उपचार गराउन गएको बेला भारतीय प्रहरीले आन्दोलनकारी भन्दै पक्राउ गरेको फागोका दाइ शरण फागोले बताए । पक्राउपछि फागोलाई भेट्न सिलिगुढी पुगेका आफन्तलाई भेट्नसमेत नदिएको उनले बताए । पक्राउ लगत्तै नेपाली भएको प्रमाण ल्याऊ छोड्छौं भने प्रमाण लिएर जाँदा हातहतियार प्रयोग सम्बन्धी मुद्धामा फसाएको पनि शरणले बताए ।

फागोसँगै जनमुक्ति मोर्चा सुकुनाका नेता नितिन क्षेत्रीलाई पनि पक्राउ परेका छन् । फक्राउ परेको फागो र क्षेत्रीलाई स्थानीय अदालतमा म्याद थमाएर थुनामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment