+
+
Shares

सल्यानबाट एक वर्षमै साढे चार हजार विदेश पलायन, महिलाको संख्या बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २५ गते २०:१४


२५ साउन, सल्यान । सल्यानबाट यस वर्ष मात्रै ४ हजार पाँच सय ७३ जना युवा युवती बैदेशिक रोजगारीमा गएका छन् । यो संख्या गत वर्षको भन्दा कम हो । तर, विदेशिने महिलाको संख्या भने गत वर्षको तुलनामा धेरै छ ।

महिला ५ सय ८५ विदेशिएका छन् । गत वर्ष २ सय ८५ जना महिला विदेशीएका थिए ।

गत वर्ष ५ हजार ४ सय १८ जना पुरुष विदेशिएकोमा यस वर्ष भने ३ हजार ९ सय ८८ जना रहेको राहदानी फाँटका खरिदार महाबिर वलीले बताए ।

उनका अनुसार बैदेशिक रोजगारीमा जाने महिला धेरै जसो बिवाहित छन् । श्रीमानले दोस्रो बिहे गरेका र ४० बर्षसम्मका महिला बिदेश जाने गरेको तथ्यांकले देखाएको छ ।

जनचेतनाको कमि र थुप्रै पैसा कमाउने लोभले प्राय युवा बिदेशिने गरेको वलीले बताए । महिला भने आर्थिक अभावका कारण र छोराछोरी पाल्नको लागि पनि बाध्यताले बिदेशिने गरेको उनको भनाइ छ ।

गत वर्ष सल्यानबाट राहदानी बनाउनेको संख्या ५ हजार ७ सय ३ रहेको थियो जसमा राजधानीबाट ४ हजार ५ सय ३ र जिल्लाबाट १ हजार २ सय जनाले राहदानी लिएका थिए । जसमा पुरुष ५ हजार ४ सय १८ रहेका थिए भने महिला २ सय ८५ जना रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?