Comments Add Comment

काजोलको पार्टीमा पुगे करण, बौरियो मित्रता

बलिउड निर्देशक करण जौहर र अभिनेत्री काजोलबिचको एक दशक लामो मित्रता गत वर्ष तोडिएको थियो । तर, अहिले उनीहरुको प्याचअप भएको छ ।

काजोलले आफ्नो ४३ औं जन्मदिनका अवसरमा दिएको पार्टीमा करणलाई निम्तो दिएकी थिइन् । करण सो निम्तो स्वीकार गरेर पार्टीमा उपस्थित भए । मिडियाका अनुसार उनीहरुले आपसी मनमुटाबलाई भुलेर एक अर्कालाई अंकमाल गरेका थिए ।

उनीहरुको सुधारिएको सम्वन्धको प्रभाव सामाजिक सञ्जालमा पनि परेको छ । काजोलले करणका बच्चाहरुको फोटो इन्स्टाग्राममा लाइक गरेकी छिन् भने करणले काजोललाई फलो गरेका छन् ।

यी दुईको सम्वन्धमा दरार आउनुमा काजोलका पति अजय देवगणको हात थियो । करण र अजयको फिल्म (ए दिल है मुश्किल र शिवाय) रिलिजका क्रममा जुधेका थिए । यसमा करण र अजयबीच भएको वाकयुद्धमा काजोलले आफ्ना पति अजयलाई साथ दिएर करणसँगको मित्रता तोडेकी थिइन् ।

अघिल्लो वर्ष करणले आफ्नो अटोबायोग्राफी ‘एन अनसूटेबल ब्वाई’ मा लेखेका छन् कि अब उनी र काजोलबिच केही पनि बाँकी रहेन । उनी अब काजोललाई साथी मान्दैनन् ।

उनीहरुको मित्रता १९९५ मा निर्मित फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को सेटमा भएको थियोउ । करण जौहर यस फिल्मका सहायक निर्देशक थिए र काजोल प्रमुख अभिनेत्री । पछि करणले आफ्नो डेब्यू फिल्म कुछ कुछ होता है मा काजोललाई कास्ट गरे । त्यसपश्चात करणका प्राय फिल्ममा काजोल नै हिरोइन बनिन् । उनीहरु पार्टीहरुमा पनि सँगै देखिन्थे ।

यसका अलावा करणको अफिसमा काजोल घन्टौं समय बिताउँथिन् । यहाँसम्म कि अन्य निर्माताहरुसँग पनि उनी करणकै अफिसमा भेट गर्थिन् । अब हेर्नुछ उनीहरुको मित्रता कुन दिशामा अगाडि बढ्छ र अजय देवगणले यसलाई कसरी लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment