+
+

रौतहटमा एकै गाउँका ३ बालिका २ हप्तादेखि बेपता

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ साउन २६ गते ११:५६
२ हप्तादेखि हराएका बालिकाहरू

२६ साउन, रौतहट । रौतहटको उतरी क्षेत्र चन्द्रपुर नगरपालिका-२ जुडिबेलाबाट एउटै गाँउका तीन जना बालिका बेपता भएका छन ।

चन्द्रपुर-२ जुडिबेला सुकुम्बासी टोलका शंकर परियारका १२ वर्षीया छोरी सरस्वती परियार र ९ वर्षीया छोरी रोजिना परियार र सोही टोलकी १३ वर्षीया सीसम राई दुई हप्तादेखि गाँउबाटै हराएका हुन् ।

घरबाट निस्किएका तीनै जना बालिका दुई दिनसम्म रौतहको गैडाटारमा सरस्वती परियारकी दिदीको घरमा बसेको र त्यसपछि उनीहरु सम्पर्कमा नआएको परिवारले जनाएका छन् । ‘घरबाट हिँडको दुई दिनसम्म तीनै जना दिदीको घरमा बसेका थिए । तर त्यसपछि घर जान्छौ भनेर हिँडेका उनीहरु अझै घर फर्केका छैनन ।” बुवा शंकर परियारले भने, ‘उनीहरु कहाँ गए, कता गए कुनै पतो लागेको छैन ।’

परियार आफै पनि अपाङ्ग भएकाले खोज्न जाने अवस्थामा छैनन् । दिदी र बजै मिलेर आफन्त सबै ठाँउमा खोजखबर गरेपनि उनीहरुको अवस्था पता नलागेको परियारले बताए । घरका दुई छोरीहरु एकै पटक बेपता भए पछि परिवार चिन्ता छ ।

यसैगरी चन्द्रपुर-२ रैयाटोलका बाट हराएकी सीसम राईको पनि अवस्था जानकारी नहुँदा हजुरआमा गंगादेवी राई चिन्तित छिन् ।

समसँगै सरस्वती र रोजिना गाँउबाट बाहिरिएका थिए । ‘घरबाट हिँडेको दुई दिनसम्म आफन्तको घरमा गएका रैछन तर त्यसपछि उनीहरु कहाँ गए कुनै पतो लागेन ।’ हजुरआमा गंगादेवीले भनिन ‘हाम्रा बालिका खोजिदिने कोही भएनन । हराएको पनि १२ दिन भन्दा बढी भयो ।’

सीसमका बुवा रोजगारीका लागि काठमाडौंमा भए पनि खोजी गर्न उनले कुनै चासो देखाएका छैनन् भने अर्का अभिभावक शंकर परियार पूर्ण अपाङ्ग भएकाले छोरी खोज्न जाने अवस्थामै छैनन् ।

बालिकाहरु हराएको बारेमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेको छ । प्रहरीले बालिकाहरु हराएको दुई हप्ता भइसकेकोले खोजबिनमा कठिनाई भइरहेको बताएको छ । छिमेकी जिल्ला र राजमार्गका सम्भावित ठाँउहरुमा प्रहरीले पत्राचार गरेर फोटो समेत पठाएको तथा खोजबिन जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

हराएका तिनै बालिका जोखिमपूर्ण कार्यमा प्रयोग हुन सक्ने भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?