Comments Add Comment

सप्तरीको खाँडोखोलाको बाँध भत्कियो, स्थानीय त्रसित

२६ साउन, सप्तरी । लगातारको वर्षाले आएको बाढीका कारण खाँडोखोलाको बाँध बिहीबार भत्किएको छ ।

राजविराज-१० बिरौलमा बाँध भत्किएपछि बाढी वस्तीमा पस्ने सम्भावना बढेको छ । यद्यपी अहिलेसम्म बाढीले रोपेको धान बगाउनुबाहेक बस्तीमा पसेको छैन् ।

बाँध भत्किएपछि स्थानीयहरु त्रसित भएका छन् । राजविराज वडा नम्बर १ डुमरीमा बाढी पस्ने खतरा व्याप्त रहेको छ ।

खाँडो खोलाकै बाँध देउरी भरुवामा भत्किन लागेको छ । नियन्त्रणको प्रयास नगरिए केही बेरमा यस ठाउँमा पनि बाँध भत्किने खतरा रहेको स्थानीयहरुले बताएका छन् । यो बाँध भत्किए देउरी भरुवाको दुई सयभन्दा बढी घर जलमग्न हुने सम्भावना रहेको छ ।

अहिलेसम्म यो ठाउँमा ४० मिटर भन्दा बढी कटान भइसकेको छ । भत्किन लागेको बाँधलाई रोक्न भन्दै बाँसले थामथुम पार्न गएका एक जना बृद्व भने वेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा देउरी भरुवाका ६० बर्षीय डोमी यादव छन् । उनी कटान भएको ठाउँमा रहेको पानीको बेगमा खसेको स्थानीयहरुले बताएका छन् ।

नजिकै नेपाली सेनाको टोली खटिएपनि खसेका यादवलाई तत्कालै खोजी गर्न सेनाले कुनै तत्परता नदेखाएको स्थानीयहरुको भनाइ छ ।

अहिले यस क्षेत्रका बासिन्दा भयभित भएका छन् । खाँडोखोलाको बाढीका कारण जिल्लाको तिलाठी, को.बार्साइन, सकरपुरासहितका गाविस जलमग्न भएको छ । यी गाविसका बासिन्दाहरुको घर जलमग्न भएको छ । लगातारको पानीका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment