+
+

राजपा नेताहरुले भने-सर्वोच्चको आदेश सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २६ गते २०:४३

२६ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरुले स्थानीय तहको संख्याको बढाउन बाटो खोल्ने सवोच्च अदालतको आदेश सकारात्मक भएको बताएका छन् । तर, प्रदेश २ को चुनावमा जाने नजाने अझै अन्यौल कायमै छ ।

सर्वोच्चले बिहीबार स्थानीय तहको संख्या बृद्धि गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट खारेज गरेको छ । यससँगै तराई मधेसका जिल्लामा २३ स्थानीय तह तप्ने र केही गाउँलाई नगरपालिका बनाउने निर्णय कार्यान्वयनको बाटो खुलेको छ ।

तर, स्थानीय तह बढाएका केही जिल्लामा स्थानीय तहको चुनाव भइसकेको छ । अब प्रदेश नम्बर २ का ८ जिल्लामा बढाइएको स्थानीय तह मात्र कार्यान्वयन गर्न सक्ने अवस्था छ ।

सर्वोच्चको आदेशले जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गर्नु पर्ने माग आंशिक रुपमा पुरा भएको राजपाका नेताहरुले बताएका छन् ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘फैसला ढिला भयो तर, आंशिक माग पुरा भएछ ।’

यत्तिको भरमा चुनावमा गइहाल्ने अवस्था नभएको उनले बताए । महतोले भने, ‘अरु कुराहरु पनि छन् । तर, यो आंशिक रुपमा भएपनि सकारात्मक छ ।’

राजेन्द्र महतो संविधान संशोधन गरेर मात्र चुनावमा जानुपर्छ भन्ने पक्षधर नेता हुन् ।

तर, चुनाव जानुपर्छ भन्ने पक्षले भने सर्वोच्चको फैसलाले चुनावमा जान बाटो खोलेको बताएका छन् । महासचिव केशव झाले भने, ‘सर्वोच्चको फैसला स्वागत योग्य छ । यसले हामीलाई चुनावमा भाग लिने बाटो खुलेको छ ।’

अब संविधान संशोधन विधेयक संसदमा पेश गर्नु पर्ने र पास फेल जे भएपनि राजपा चुनावमा जानु पर्ने झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?