+
+
Shares

नेपालले महत्वपूर्ण मानव अधिकार प्रतिबद्दता पूरा गर्‍योः फ्रान्स

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २७ गते १३:४९

२७ साउन, काठमाडौं । नेपालको संसदले हालै पारित गरेको फौजदारी संहितामा मार्फत् छाउपडी प्रथालाई दण्डनीय गरिएको घोषणाको फ्रान्स सरकारले स्वागत गरेको छ ।

फ्रान्सको विदेश मन्त्रालयले यो कदम नेपालले दुई वर्ष अघि राष्ट्रसंघको मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका क्रममा नेपालले गरेको प्रतिबद्दता अनुरुप भएको बताएको छ ।

‘फ्रान्स महिलाहरूमाथि हुने हरेक कारको हिंसा र विवेधका विरुद्ध लड्ने आफ्नो प्रतिवद्दता फेरि पनि दोहोर्‍याउन चाहन्छाैं ।’, मन्त्रालयले शुक्रबार भनेको छ ।

बुधबार पारित नयाँ फौजदारी संहिता अनुसार छाउपडी प्रथा अन्तरगत महिलालाई ‘छाउगोठ’मा बस्न लगाउनेलाई ३ हजार जरिवाना र ३ महिना कैद हुने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?