Comments Add Comment

देवेन्द्र पौडेलसहित १५ नेतालाई नयाँ शक्तिले सोध्यो स्पष्टिकरण

देवेन्द्र पौडेल

२७ साउन, काठमाडौं । नयाँ शक्ति पार्टीले देवेन्द्र पौडेलसहित १५ नेतालाई स्पष्टिकरण सोधेको छ ।

पौडेलसहितका नेताहरुले आफू निराश भएको भन्दै पूर्व माओवादीहरुबीच ध्रुविकरण गर्न आहृवान गरेका थिए ।

पार्टी बैठकमा कुनै फरक मत नराखेको तर, पत्रकार सम्मेलन गरेर पार्टीको विचार, नेतृत्व र कार्यदिशाबारे भ्रामक धारणा सार्वजनिक गरेको भन्दै नयाँ शक्तिले २४ घन्टे स्पष्टिकरण सोधेको छ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले भनेका छन्, ‘उहाँहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको छ । उहाँहरुले चाहेको के हो २४ घण्टाभित्र प्रष्ट गर्न स्पष्टीकरणपत्र समेत पठाइएको छ ।’

पार्टी र असन्तुष्ट नेताहरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता भए छलफल गर्न सकिने तर, पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टीहित विपरित हुने अवसरवादी सोचलाई सहन नसक्ने भट्टराईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment