Comments Add Comment

लिगको पहिलो खेलमा चेल्सी हार्‍यो

२९ साउन, काठमाडौं । डिफेण्डिङ च्याम्पियन चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ ।

शनिबार राति भएको खेलमा ९ खेलाडीमा सिमित चेल्सीलाई बर्नलीले ३–२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका ग्यारी काहिलले १४ औं मिनेटमा नै रातो कार्ड पाएका थिए ।

२४ औं मिनेटमा भोक्सले गोल गर्दै बर्नलीलाई सुरुवाती अग्रता दिलाए । ३९ औ मिनेटमा वार्डले गोल गरे भने ४३ औं मिनेटमा भोक्सले गोल गरेपछि पहिलो हाफमा बर्नेलीले ३–० को अग्रता लियो ।

दोस्रो हाफमा चेल्सीले सुधारिएको प्रदर्शन ग¥यो । ६९ औं मिनेटमा मोराटाले गोल गरे । तर, ८१ औं मिनेटमा सेस फेब्रिगासले रातो कार्ड पाएपछि चेल्सी ९ खेलाडीमा सिमित भयो ।

८८ औं मिनेटमा डेभिड लुइजले गोल गर्दै खेललाई ३–२ मा झारेपनि चेल्सीको हार टार्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment