Comments Add Comment

३ दिनदेखि महाकाली लोकमार्ग अबरुद्ध

३० साउन, दार्चुला । पहिरोको कारण ३ दिनदेखि महाकाली लोकमार्ग अबरुद्ध छ । शुक्रबारको पहिरो अाइतबार पन्छाएपनि सोमबार बिहान पुनः पहिरो गएपछि लोकमार्ग अबरूद्भ भएको हो ।

खलंगा गोकुलेश्वर सडक खण्ड अन्तरगत चौतलीचौर नजिक शुक्रबार विहान ठूलो पहिरो खस्दा महाकाली लोकमार्गको अबरुद्ध भएको थियो । मालिकार्जुन गाउपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्र चौतलीचोर नजिक खसेको पहिरो आइतबार पन्छ्याइएको छ ।

तर शनिबार शैल्यशिखर नगरपालिका-९ ठूलसैनमा सडकको पर्खाल भत्किँदा लोकमार्ग अबरुद्ध भएको छ । सडकको दुबैतिर पर्खाल लगाएर सडक बनाइएको ठाउँमा एकातिरको पर्खाल भत्किएकाले सडक सुचारु गर्न पर्खाल लगाउनु पर्ने भएकाले सडक सुचारु गर्न कठिनाइ भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

अहिले ग्याविन जाली हालेर साना गाडी सञ्चालन गर्न अस्थायी पर्खाल निर्माण भइरहेको छ । तर ठूला लोड गाडी चल्न सक्ने गरी सडक सञ्चालन गर्न केही दिन लाग्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment