Comments Add Comment

नेपाल बैंकको नाफा पनि ३ अर्बमाथि, खुद व्याज आम्दानी ५ अर्ब


३० साउन, काठमाडौं । गत आव २०७३/७४ मा नेपाल बैंकको नाफा करिब १२ प्रतिशतले बढेर ३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा २ अर्ब ८८ करोड रहेको थियो ।

बैंकको खुद व्याज आम्दानी २६ प्रतिशतले बढेर ५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ३७ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ४१ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १२ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकले यसअघि नोक्सान वापत राखेको २५ करोड फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि ५२ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ३.१३ प्रतिशत रहेको छ भने प्रावधान १ सय ९ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल घटेको छ । यो दर ५६ बाट घटेर ३५ प्रतिशत छ । प्रतिसेयर आम्दानी ४० रुपैयाँ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ३ अर्ब ५१ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा साधारण सेयरको आधारमा लगभग ३१.६२ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

बैंकको निक्षेप संकलन ५ प्रतिशतले बढेर ९३ अर्ब र कर्जा लगानी १७ प्रतिशतले बढेर ७४ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७०.७९ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ६.२९ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १५.६१ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत १३ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब ५ करोडले वृद्धि भएको छ । बैंकले सेयरको धितोमा १ अर्ब ७० करोड र ओभर ड्राफ्ट शीर्षकमा ३२ अर्ब लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment