Comments Add Comment

प्रेग्नेन्सी फोबियाः कसरी हटाउने गर्भावस्थामा भय र चिन्ता ?


गर्भावस्था, महिलाको निम्ति दुर्लभ अनुभव । यद्यपी यो जति रोमाञ्चक र उमंगमय हुन्छ, उत्तिनै भय पनि । जति जति प्रसुतिको समय नजिकिदै जान्छ, महिलाहरुमा अज्ञात भयले डेरा जमाउँछ । बच्चा जन्माउनु प्राकृतिक र स्वभाविक प्रक्रिया हो, तर पीडारहित भने छैन ।

यसलाई ‘प्रेग्नेन्सी फोबिया’ भनिन्छ । प्रसुतीको क्रममा हुने संभावित पीडालाई सम्भिmएर कति गर्भवती चिन्तामा समेत पर्ने गरेका छन् । जबकी गर्भवतीको मानसिक अवस्थाले गर्भको बच्चामा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले गर्भावस्थामा चिन्तारहित हुनुपर्छ भनिएको हो ।

प्रेग्नेन्सी फोबियालाई कसरी हटाउने त ?

पार्टनरको साथ

आफ्नो डर मनभित्र गुम्साएर राख्ने होइन । बरुसबैभन्दा नजिकको साथीसँग मनको कुरा पोख्नुपर्छ । यसका लागि सबैभन्दा उत्तम साथी हुनसक्छ, आफ्नो पति । आफ्नो मनोदसा पतिले पनि बुझ्नुपर्छ । पतिको सामिप्यता खोज्नुहोस् । यसले तपाईमा आत्माबल मिल्छ ।
अनुभवीको सल्लाह लिनुहोस्

तपाईका आफन्त, छिमेकी, साथीसँग प्रसुतीको खास अनुभव हुनसक्छ । उनीहरुको अनुभव लिएर पनि मनोबल बढाउन सकिन्छ । बरु, प्रसुतीलाई कसरी सहज बनाउन सकिन्छ भन्ने जुक्ति समेत उनीहरुबाट लिन सकिन्छ ।

 

मनोरञ्जनमय दिन विताउनुहोस्

गर्भावस्थामा तपाई चिन्तित वा भयग्रस्त होइन, खुसी हुनुपर्छ । यसको लागि सबैभन्दा राम्रो उपाय हो, घरको वातावरण वा तपाई जहाँ बस्नुहुन्छ, त्यसको माहौल मनोरञ्जनपूर्ण बनाउनुपर्छ । रोमान्टिक गीत बजाउने, फिल्म हेर्ने, साथीहरुसँग रमाइलो गफगाफ गर्ने, बगैंचामा घुम्न जानुहोस्, फूलहरु रोप्ने, स्यहार्ने गरौं, चित्रकारितामा रुची छ भने चित्रहरु कोर्न सकिन्छ ।

योग गर्नुहोस्

आध्यात्मिक चिन्तनले मानसिक तनाव हट्छ । मन शान्त हुन्छ । त्यसैले आध्यात्मिक चिन्तन गरौ । मनको तनाव, भय हटाउने अर्को काइदा हो, योग । गर्भावस्थामा पनि केहि योगासन गर्न सकिन्छ, प्रशिक्षकको परामर्श अनुसार योग गरौ । प्राणायाम गरौ ।

सकारात्मक सोंच

हर कुराको उपचार हो, सकारात्मक सोंच । योएउटा प्राकृतिक एवं स्वभाविक प्रक्रिया भएकाले डराउनु पर्ने केहि छैन । विगतमा मेडिकल उपचार विधीको सहयोग विना नै महिलाहरुले बच्चा जन्माउथे । अहिले तपाईसँग सम्पूर्ण मेडिकल सुविधा छ । यस्तो अवस्थामा किन डराउने ?

जानकारी राख्नुहोस्

आफ्नो सोंच, चिन्तनलाई अन्यत्र मोड्नुहोस् । डर, चिन्ता छाडेर गर्भको बच्चाको बारेमा सोच्नुहोस् । गर्भावस्थामा के कस्ता विधी अपनाउँदा गर्भको बच्चाको मानसिक र शारीरिक विकास हुन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । यसका लागि तपाईको दिनचर्या, खानपानदेखि मानसिकताले समेत ठूलो अर्थ राख्छ ।

यसकारण हुन्छ प्रेग्नेन्सी फोबिया

कति महिलाहरु प्रसव अवस्थासँग यति डराउँछन् कि, उमेर जति नै छिप्पिएपनि बच्चा जन्माउन चाहँदैनन् । कति महिला आफ्नो शारीरिक सुन्दरता एवं बनौट बिग्रने भयले बच्चा जन्माउन चाहँदैनन् । कति महिला चाहि यसकारण डराउँछन् कि, आमा बनेपछि उनको पार्टनरले पहिला जति माया गर्दैनन् भन्ने सोच्छन् । कति सोच्छन्, बच्चा जन्माइसकेपछि आफ्नो खुसी, स्वतन्त्रता खोसिन्छ । करियर ध्वस्त हुन्छ । र, सबैभन्दा बढी चाहि प्रसव पीडाले भयग्रस्त हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment