३१ साउन, ओखलढुंगा । स्थायी आवासको अनुदान लिन ओखलढुंगा सदरमुकामस्थित सिभिल बैंकमा लाइन बसेका लिखु गाउँपालिका ८ टारकेराबारीका सोमबहादुर पौडेलको मृत्यु भएको छ ।
दोस्रो किस्ताको अनुदान लिन सदरमुकाम आएर बैंकमा लाइन बसेका ६४ वर्षीय पौडेलको मृत्यु भएको हो । लाइन बसेका बेला अकस्मात पेट दुखेर अस्पताल पुर्याइएका उनको उपचारका क्रममा ज्यान गएको परिवारले जनाएको छ ।
दोस्रो किस्ताको अनुदान लिन पौडेलसहित त्यस क्षेत्रका ७० भन्दा बढी भूकम्प पीडितहरु सोमबार सदरमुकाम आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4