Comments Add Comment

सरकारी चिकित्सक संघद्वारा र्‍यापिड रेस्पोन्स टिम गठन

३१ साउन, काठमाडाैं । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले बाढीग्रस्त क्षेत्रमा र्‍यापिड रेस्पोन्स टिम परिचालन गर्ने निर्णय गरेको छ ।

संघका उपाध्यक्ष डा. सुनिल पौड्यालको संयोजकत्वमा संघले र्‍यापिड रेस्पोन्स टिम गठन गरी परिचालन गर्ने निर्णय गरेको संघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बाढीमा ज्यान गुमाउने व्यक्तिहरु प्रति श्रद्धाञ्जलि अर्पण गर्दै संघले जारी गरेको विज्ञप्तिमा र्‍यापिड टिममार्फत विपत्तीग्रस्त क्षेत्रमा अत्यावश्यक सेवा, राहत र चिकित्सकीय सेवा पुर्‍याउन समन्वय गर्ने जनाएको छ ।

साथै आगामी २४ घण्टाभित्र परिणाममुखी वार्ता नभए २३ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षार्थ जस्तोसुकै कदम चाल्न आफूहरु विवश हुने र त्यसको जिम्मेवार सरकार हुने संघले विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment