Comments Add Comment

फरार अभियुक्त मनोज पुनका सहयोगी पक्राउ

३१ साउन, बुटवल । हत्या तथा चन्दा असुलीमा संलग्न रहेको आरोप लागेका मनोज पुनका सहयोगी पक्राउ परेका छन् ।

प्रहरीले साबिक तानसेन नगरपालिका ७ बस्ने २२ वर्षीय सुशान्त लाकौललाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलमा मंगलबार नै पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको छ ।

लाकौलले रुपन्देही लगायत आपपासका उद्योगी ब्यबसायीलाई ज्यान मार्ने धम्की दिई ५ लाख फिरौती उठाएको र बैंक चतम आईएमईबाट मनोजलाई पठाएको पाइएको प्रहरीले जनाएको छ ।

लाकौलके साथबाट १ थान मोवाइल र २ थान सिम बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले मनोज पुनसँग जोडिएको जालो केहि समयमै तोडिने बताए ।

मनोज युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या आरोपित हुन् । प्रहरीको फरार सूचीमा रहेका उनले हालै भएको एक गोलीकाण्डको जिम्मेवारी पनि लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment