Comments Add Comment

डीडीसीले बढायो दूध र घ्यूको मूल्य

३२ साउन, काठमाडौं । दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएको छ । संस्थानका प्रबन्ध निर्देशक गंगा तिमिल्सिनाका अनुसार आफ्ना १५ प्रतिशत उत्पादनहरुको मूल्य बढाएको हो ।

उनका अनुसार दूधमा बिहीबारदेखि लागू हुनेगरी प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ । नयाँ मूल्यअनुसार अब आधा लिटरको प्याकेटका लागि उपभोक्ताले ३५ रुपैयाँ तिर्नुपर्ने छ ।

बढेको मूल्यमा चार रुपैयाँ सीधै किसानलाई जाने संस्थानको दाबी छ । बाँकी दुई रुपैयाँ उद्योग सञ्चालनका लागि जाने प्रबन्ध निर्देशक तिमिल्सिनाले बताए ।

यस्तै, संस्थानले घ्यू र पनिरको मूल्य पनि प्रतिकिलो १/१ सय रुपैयाँ बढाएको छ । मिठाइको मूल्यमा पनि केही वृद्धि गरिएको तिमिल्सिनाको भनाइ छ ।

संस्थानको उक्त निर्णयको उपभोक्तावादीले आलोचना गरेका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले डीडीसीले उपभोक्ताको ढाड सेक्ने काम गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment