Comments Add Comment

लक्ष्मी बैंकको मन्थलीमा नयाँ शाखा

१ भदौं, काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज रुपन्देहीको, देवकोटा चोक, मन्थलीमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस क्षेत्रमा बैकंको यो पहिलो शाखा हो ।

यससँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ६८ , ३ हस्पिटल सेवा काउन्टर, ८९ एटिएम, २ हजार ५ सयभन्दा बढि रेमिट्यान्स टेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै त्यस क्षेत्रका ग्राहकहरुले इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्राप्त गर्नेछन् । बैंकले विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

यसअनुरुप बैंकले देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमीतथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा मद्दत पु¥याएको छ ।

आगामीदिनहरुमा बैंकले थप शाखा तथा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकमा हाल करिब ७ सय बढि कर्मचारी रहेका छन् । बैंकले ३६ जिल्लाबाट सेवा दिदै आएको छ । बैंकले सन् २००२ बाट पहिलो पूर्ण इन्टरनेट बैंकिङ सेवा र सन् २००९ बाट मोवाइल बैंकिङ (मोवाइल मनी) सेवा सञ्चालन गरिरहेको छ ।

आ.व. २०७३÷७४ मा ५९ अर्ब निक्षेप र ५२ अर्ब कर्जा लगानी गरेको बैंकको वासलातको आकार ७० अर्ब ९० करोड पुगेको छ । बैंकले १ अर्बको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको इन्भेष्टमेण्ट बैंकिङ सेवा प्रदान गर्ने सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट संचालनमा रहेको छ । बैंकको देस्रो सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हाल ५१ वटा शाखा मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी क्यापिटल मार्फत सामूहिक लगानी कोषका योजनाहरु पनि सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment