Comments Add Comment

प्रभु बैंकले गर्यो कम्प्युटर सहयोग


२ भदौ, स्याङ्जा । प्रभु बैंक वालिङले वालिङमा शाखा विस्तारको दोश्रो वर्षको अवसरमा वालिङ बहुमुखी क्याम्पसलाई एक थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व शिर्षकको रकमबाट कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।

कार्यक्रममा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष मोहन रेग्मी, क्याम्पस प्रमुख रिना राना, कृष्ण खाँड लगायतका वक्ताहरुले सामाजिक क्षेत्र संग समन्वयत्क सम्बन्ध विस्तारको विचारलाई प्रशंसा गर्दै अगामी दिनमा बैंकको गतिविधि सकारात्क ढंगले अगाडी बढ्नेमा विश्वास व्यक्त गरे ।

बैंकले यस अघि पनि वालिङमा रक्तदान कार्यक्रम, छैटौं वालिङ महोत्सवमा निशुल्क आँखा शिविर, युवाहरुमा बैकिङ सचेतना कार्यक्रम लगायत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको छ ।

बैंकको हालको चुक्ता पूँजी पाँच अर्ब अठासी करोड, निक्षेप करिब एकासी अर्ब, लगानी करिव ६१ अर्व र नाफा एक अर्ब पचहत्तर करोड रहेको छ ।

बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने योजना अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment