Comments Add Comment

यतिले सुरु गर्‍यो एटीआरमार्फत ब्यवसायिक उडान


७ साउन, काठमाडौं । यति एयरलाइन्स आफ्नो नयाँ एटीआर विमानमार्फत सेवा थालेको छ । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यतिको पहिलो एटीआर विमान गत साउन ७ गते काठमाडौं ल्याएको थियो ।

फ्रान्सेली कम्पनी एटीआरको ७२-५०० सिरिजको विमान जहाजमार्फत यतिले पहिलोपटक सेवा थालेको हो । विमानले पहिलो उडान भैरहवामा भरेको छ भने ब्यवसायिक उडान भने नेपालगञ्जबाट थालेको छ ।

एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ्नो बजारलाई तल झन नदिने रणनीतिका साथ एटीआर विमानहरु ल्याउने अनुमति पाएको थियो ।

यले अहिले नेपालगञ्ज र बिराटनगरमा दैनिक उडान भर्नेछ । सेप्टेम्बरभित्रै दोस्रो विमान ल्याएर भैरहवा, भद्रपुरमा पनि एटीआरमार्फत नै सेवा दिने योजना यतिको छ ।

७२ सिट क्षमताको एटीआर-५०० विमान नेपालका तराईका सजिला एयरपोर्टहरुका लागि उपयुक्त मानिन्छ । बढी यात्रुको चाप हुने गन्तब्यमा यो विमान उपयोगी सिद्ध भइसकेको छ ।

सिंगापुरको एजेन्टमार्फत करिब एक अर्ब लगानी गरेर यतिले एटीआर ७२-५०० ल्याएको हो । कम्पनीले अब एक वर्षभत्र थप २ वटा एटीआर ल्याउनेछ । नयाँ जहाज आएसँगै यतिको विमान संख्या ७ पुगेको छ । यतिले अहिलेसम्म ३० सिटे जेटस्टि्रम-४१ सिरिजका ६ वटा विमान चलाइरहेको छ ।

अब जेटस्ट्रिमसहित एटीआरमार्फत पनि सेवा विस्तार गर्दै जाने योजना यतिको छ । अहिले बुद्ध एयरसँग पनि ४ वटा एटीआर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment