Comments Add Comment

यस्तो छ पल र आँचलको ‘जोनी जेन्टलम्यान’को ट्रेलर


स्टार बन्ने दौडमा रहेका नायक पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर चलचित्र रिलिज भन्दा २५ दिन अगाडि सार्वजनिक गरिएको छ ।

नितिन चन्दले निर्देशन गरेको यो चलचित्रको ट्रेलरमा नायक पल शाहको मायालु र एङ्ग्री अवतार देखिएको छ । नायिका आँचल शर्माका लागि पलले देखाएको प्रेम र बदलाको कथालाइ नितिनले चलचित्रमा उतारेका छन् । एडि्रउ पौडेलले चलचित्रमा लगानी गरेका छन् ।

भदौ ३० गतेबाट देशभरका हलमा रिलिज हुने चलचित्रका केही संवादहरु अहिले सामाजिक संजालमा चर्चित बनिरहेका छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’ पछि पल शाह अभिनित अर्को चलचित्र रिलिज हुन लागेकाले पनि यतिबेला यसले धेरैको ध्यान खिचेको छ ।

जोनी कसरी जेन्टल बन्छ भन्ने कथालाइ चलचित्रमा देख्न पाइनेछ । चलचित्रमा नविन निरौलाको सम्पादन, पारास विक्रम शाह र देव महर्जनको एक्सन, रुपेश थापा र रामशरण उप्रेतीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment