Comments Add Comment

देउवालाई ओलीको सुझावः भारतले एकतर्फी बनाएका बाँध हटाउनुपर्छ, कुरा गर्नुस्

६ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले छिमेकी देश भारतले सीमा क्षेत्रमा एकतर्फी र अन्तराष्ट्रिय कानुन विपरित बनाएका बाँधहरु हटाउनु पर्ने बताएको छ । साथै भोलिबाट सुरु हुने भारत भ्रमणबारे यसबारे कुराकानी गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको छ ।

संसदको मंगलबारको समयमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भारत भ्रमणबारे प्रमुुख प्रपिपक्षीसँग छलफल नगर्नु र संसदलाई पनि कुनै जानकारी नगराउन दुखद भएको बताएका छन् । उनले अरुलाई गन्न पर्दैन भन्ने भाव नराख्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले संसदबाटै प्रधानमन्त्री देउवालाई असान्न भारत भ्रमणमा उठाउनु पर्ने एजेण्डाहरुबारे सुझाव दिएका छन् ।

हालै मात्र आएको बाढी तथा डुवानले तराई मधेसमा ठूलो क्षति पुर्‍याएको भन्दै उनले भने, अन्तराष्ट्रिय कानुन विपरित र नेपालको समेत सहमति नलिएर एकलौटी ढंगले सीमानामा बाँध बाँधिएको छ । यसको समाधान समाधानको प्रस्ताव के छ ? नेपाली जनता सुन्न चाहन्छ । तर सरकार बोलिरहेको छैन ।’

ओलीले अघि भने, ‘म भन्न चाहन्छु, बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ । नेपालको अहित हुने गरी एकतर्फी रुपमा बनेका बाँधहरु हटाउने कि नहटाउने कुरागर्नुपर्छ र त्यस्ता बाँधहरु हटाउनुपर्छ ।’

ओलीले उर्जासम्वधी भारतको पछिल्लो निर्णयबारे भारतीय पक्षसँग कुरा गर्न पनि सुझाएका छन् । भारतले आफ्नो लगानी भएका आयोजनाको मात्र विद्युत किन्ने भारतको निर्णय रहेको भन्दै उनले यो नेपालको हितमा नभएको बताए ।

विगतमा भएका सहमति कार्यान्वयन मात्र होइन, असमान सन्धी सम्झौता पुनरावलोकनका लागि पहल गर्न पनि ओलीले प्रधानमन्त्री देउवालाई सुझाएका छन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा रेलबारे छलफल हुने सुनेको बताउँदै सीमा रेल भन्ने शब्दावली र अवधारणा नै नै अनुचित रहेको बताए ।

बाढीले कोसी बाँध भत्किएका बेला राखिएको कार्यालय विराटनगरमा सारिएको र नेपाल सरकारले हटाउन भन्दा पनि नटेरको बताउँदै उनले भने, ‘छिमेकीहरुका बीचमा यसप्रकारको बलजफ्ती सार्वभौमसत्ताको अवमूल्यन हुने व्यवहार गर्न मिल्दैन । यसलाई सच्याउन हामीले स्पष्ट रुपमा भन्नुपर्छ ।’

कञ्चनपुरको पुनर्बासमा गोविन्द गौतमको हत्या भएको घटना स्मरण गर्दैर् उनले सीमा क्षेत्रमा खटिएको सुरक्षा बलबाट हुने ज्यादतीबारे कुरा उठाउन सुझाएका छन् । पूर्व प्रधानमन्त्री ओलीले भने, ‘यसले मित्रतामा व्यवधान पुर्‍याउँछ, मन अमिलो बनाउँछ, पीडा दिन्छ । पीडाका बीचमा मित्रता हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment