Comments Add Comment

एउटै गीतले ‘ऐश्वर्य’ को चर्चा, दीपिकाका लागि रमेश र प्रशान्तको टक्कर


चलचित्रले राम्रो व्यापार गर्नका लागि अहिले गीतसंगीत पावरफूल नबनाइ निर्मातालाइ सुखै छैन । गीतसंगीतले चलचित्रको व्यापारमा धेरै फरक पार्ने गरेका छन् ।
लभस्टोरी चलचित्र निर्माणमा अग्रसर निर्देशक दिवाकर भट्टराइले पनि नयाँ चलचित्र ‘ऐश्वर्य’मा पावरफूल गीत समावेश गरेका छन् । जसकाकारणले अहिले यो चलचित्रको चर्चा, एउटै गीतका कारण भएको पाइन्छ ।

‘तिमी रोएको पल’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तले आवाज भरेका छन् ।
चलचित्रको टिजर हलमा सार्वजनिक भएपनि युटुबमा भने सार्वनिक गरिएको छैन । यो चलचित्रको टिजरमा ‘ऐश्वर्य’का लागि चलचित्रका मुख्य नायक रमेश उप्रेती र कलाकार तथा मोडल प्रशान्त ताम्राकारविच लडाइ चलेको देखाइएको छ । टिजर युटुबमा आएपछि कलाकार प्रशान्त ताम्राकारको गेटअप र शैलीको चर्चा हुने पक्का छ ।

निर्देशक दिवाकर भट्टराइले केही दिनमै टिजर युटुबबाट सार्वजनिक गर्ने बताए । रमेश उप्रेती, दीपिका प्रसाइ, केकी अधिकारी र प्रशान्त ताम्राकारको मुख्य भूमिका रहेको यो चलचित्रलाइ रमेशले आफ्नो कमब्याक भन्दै आएका छन् ।

पहिलो गीत नै सुपरहिट भैसकेको ‘ऐश्वर्य’को मेकिङमा कुनै संझौता नगरिएको निर्माता तथा नायक उप्रेती बताउँछन् । यो चलचित्र कात्तिक २ गतेबाट देशभरका हलमा रिलिज हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment