
काठमाडौं । चलचित्र विकास बोर्डले ९ वटा समिति गठन गरेको छ । जसमा छात्रवृत्ति छनोट सिफारिस समिति, बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति, चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन समिति, आर्थिक सहयोग सिफारिस समिति, महिला चलचित्रकर्मी सशक्तीकरण समिति छन् ।
साथै, आदिवासी जनजाति मातृभाषी प्रवर्द्धन समिति, चलचित्र प्रदर्शन अनुगमन समिति, कथा संग्रहालय मूल्यांकन तथा छनोट समिति र मोफसलका चलचित्र मूल्यांकन तथा छनोट समिति छन् ।
सबै समितिको संयोजकमा बोर्डका सदस्यहरू छन् । सदस्य सचिव र सहयोगी अधिकृतमा बोर्डका कर्मचारी छन् । छात्रवृत्ति छनोट सिफारिस समितिको संयोजकमा रविचन्द्र अधिकारी, प्रा. डा. ध्रुव कार्की, पत्रकार रघुनाथ सापकोटा र फिल्म निर्देशक दीपा पाण्डे छन् ।
बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन समिति संयोजकमा खेतुलाल बिसी, सदस्यहरूमा बोर्ड सदस्य अधिकारी, चलचित्र संघका महासचिव सुरेन्द्रकुमार थापा, निर्माता संघका प्रतिनिधि, आन्तरिक राजस्व विभागका प्रतिनिधि पवित्रा बन्जाडे, गृह मन्त्रालयका प्रतिनिधि र बोर्ड अधिकृत प्रवीण पाण्डे छन् । यो समितिको आमन्त्रित सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक इन्जिनियर हुनेछन् ।
अन्तर्राष्ट्रिय प्रवर्द्धन समितिको संयोजकमा बोर्ड सदस्य अधिकारी, सदस्यहरूमा पर्यटन बोर्डका प्रतिनिधि रोहिणीप्रसाद खनाल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि पूरक अधिकारी, चलचित्रकर्मीद्वय सन्तोष लोहनी र केवल तामाङ र पत्रकार विष्णु शर्मा छन् । यसको सदस्य सचिवमा बोर्डका सदस्य सचिव राजेशकुमार थापा छन् ।
आर्थिक सहयोग सिफारिस समितिको संयोजकमा बोर्ड सदस्य बिसी, सदस्यमा सदस्य सचिव थापा र सदस्य सचिवमा प्रभाकर भट्टराई मनोनित छन् । महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजकमा केकी अधिकारी, सदस्यहरूमा चलचित्रकर्मी स्वस्तिमा खड्का, नम्रता खरेल, सरस्वती घिमिरे, दुर्गा परियार, कल्पना आचार्य र पत्रकार गीता अधिकारी छन् ।
आदिवासी जनजाति मातृभाषी प्रवर्द्धन समितिको संयोजकमा सुनिल मानन्धर, सहसंयोजकमा बोर्ड सदस्य बिसी, सदस्यहरूमा रोहित रुम्बा, जसु गुरुङ, सोनु थारु, कुमार मोक्तान र सदस्य-सचिवमा अप्सरा समाल छन् ।
चलचित्र प्रदर्शन अनुगमन समितिको संयोजकमा बोर्ड सदस्य राजु खत्री क्षेत्री, केन्द्रीय चलचित्र जाँच समिति र गृह मन्त्रालयका एक-एक जना प्रतिनिधि सदस्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका दिनेश खनाल र सचिवमा बोर्ड अधिकृत हरिसिंह रैखोला छन् ।
स्टोरी बैंक मूल्यांकन तथा छनोट समिति संयोजकमा बोर्ड सदस्य बिसी, सदस्यहरूमा फिल्मकर्मी शिव ढकाल र जगदीश्वर थापा छन् । मोफसलका चलचित्र मूल्यांकन तथा छनोट समितिको संयोजकमा बोर्ड सदस्य बिसी, सदस्यहरुमा किशोर साम्बाम्फे, सुचित्रा श्रेष्ठ र नहकुल खड्का छन् ।
प्रतिक्रिया 4