+
+
Shares

मोदी र प्रियंका प्रभावशाली

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ८ गते १२:३५


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउड नायिका प्रियंका चोपडा पेशेवर समुहमा लोकपि्रय सावित भएका छन् । सोसल नेटवर्किङ साइट लिंकइनले पावर प्रोफाइलको चौथो सूची सार्वजनिक गरेको छ ।

उक्त सूचीमा सबैभन्दा धेरै हेरिने प्रोफाइलमा प्रधानमन्त्री नरेन्द्र मोदी र नायिका प्रियंका चोपडा परेका छन् । यो सूचीमा ५० पेशेवरलाई सहभागी गराइएको थियो ।
सहभागी मध्ये मोदीका २२ लाख फलोअर्स छन्, जो यो सूचीमा तेस्रो पटक परेका हुन् ।

पछिल्लो समय प्रियंका चोपडा बलिउडको प्रभावशाली महिलाको सूचीमा दरिएकी छिन् । हलिउड चलचित्रमा समेत अभिनय गरेकी प्रियंका हलिउडमा फरक पहिचान स्थापना गर्न सफल भएकी छिन् । हलिउड चलचित्र ‘बेवाच’मा अभिनय गरेकी प्रियंका ‘अ किड लाइक जेक र इट इज नट’ मा काम गर्ने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?