Comments Add Comment

पिकअप भ्यानले जीपलाई ठक्कर दिँदा झापामा एकको मृत्यु, एक घाइते

८ भदौ, झापा । झापामा पिकअप भ्यानले जीपलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बुद्धशान्ति गाउँपालिका-१ कालीखोलास्थित राजमार्गमा भएको दुर्घनटनाबाट गम्भीर घाइते भएका इलाम जिल्लाको रोङ गाउँपालिका-४ निवासी सुदिप रसाइलीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा जीपमा सवार बुद्धशान्ति गाउँपालिका-४ निवासी फुलकुमारी लिम्बु छिन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

मेची राजमार्ग अन्तर्गत उत्तरतर्फ जाँदै गरेको मे १ च २०११ नम्बरको जीपलाई सोही दिसातर्फ जाँदै गरेको मे १ ज २४६३ पिकअपले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

दुवै सवारी साधन र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment