+
+

प्रधानन्यायाधीश पराजुलीलाई नागरिक अभिनन्दन

 रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७४ भदौ ९ गते १५:०४

९ भदौ, नवलपरासी । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई शुक्रबार कावासोतीमा नागरिक अभिनन्दन गरिएको छ । कावासोती नगरपालिका, पराजुली समाज, अमरापुरी खानेपानी लगायतका संघसंस्थाहरुले छुट्टा छुट्टै अभिनन्दन गरेका हुन् ।

अभिनन्दनको क्रममा प्रधानन्यायाधीश पराजुलीलाई हात्तीमा चढाएर नगर परिक्रमा गराइएको थियो ।

कावासोती नगरपालिकामा भएको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले नागरिकको अधिकार संविधानमा सुनिश्चित भएकाले नागरिकको अधिकारप्रति सवै सचेत हुनुपर्ने बताए ।

संविधान भन्दा माथि कोही पनि नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनबाट निर्वाचित उपप्रमुख/उपाध्यक्षले न्यायाधीशको हैसियतले अन्यायमा परेकालाई न्याय दिलाउनेमा आफू विश्वास्त रहेको बताए ।

उनले नवलपरासीको नवलपुर क्षेत्र छुट्टै जिल्ला भएको र अब छिट्टै कावासोती सदरमुकाम बन्ने समेत बताए ।

प्रधानन्यायाधीश पराजुलीले शुक्रबार कावासोती नगरपालिकाको भवन शिल्यान्यास र स्टार टेलिभिजन उदघाटन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?