Comments Add Comment

सौगात प्रियंकालाइ भन्दैछन्–‘आइ एम सरी’


कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत रिलिज गरिएको छ । कमेडी लोक शैलीको ‘आइ एम सरी’ बोलको गीत नयाँ स्वादको छ ।  यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासियालाइ फिचरिङ गरिएको छ । यो गीतमा प्रभेष मल्लिकको शब्द, संगीत तथा स्वर छ ।

यो गीत नयाँ शैलीमा कोरियोग्राफी गरिएको छ । कविराज गहतराज र राजिभ समरको चलचित्रमा कोरियोग्राफी छ । निकेश खड्काले निर्देशन गरेको चलचित्रलाइ अर्जुन कुमारले निर्माण गरेका हुन् । चलचित्रमा निरज कँडेलको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन छ ।

चलचित्रमा रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रलाइ पूर्णरुपमा कमेडी शैलीमा निर्माण गरिएको निर्माता कुमारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment