+
+

राम रहीमका समर्थक भडि्कए, हरियाणा हिंसामा २३ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ९ गते २०:४४

९ भदौ, काठमाडौं । भारतको एक अदालतले डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भड्किएको हिंसामा २३ जनाको मृत्यु भएको छ ।

केन्द्रीय गृह मन्त्रालयका अनुसार हरियाणामा २३ जनको मृत्यु भएको हो । थुप्रै मानिस घाइते भएका छन् ।

पञ्जाब र हरियाणाका थुप्रै स्थानमा राम रहीमका समर्थक र प्रहरीबीच झडप भएको छ ।

हरियाणाको पञ्चुककुला र पञ्जाबको फिरोजपुर, धटिडा र मानसामा कर्फ्यू लगाइएको छ भने फतेहबाद, जयतो र फरिदकोटलाई रेड अलर्टमा राखिएको छ ।

हिंसाको घटना बढेपछि २६ अगष्टमा पञ्जाबको थुप्रै स्कुल कलेज बन्द राख्न भनिएको छ । राजस्थानको गंगानगरमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

राष्ट्रपति रामनाथ कोविन्दले जारी हिंसाको निन्दा गरेका छन् र शान्ति कायम राख्न अपील गरेका छन् ।

हरियाणा पुलिसले मात्र २ हजार ५०० मानिसलाई नियन्त्रणमा लिएको अधिकारीहरुले बताएका छन् । त्यहाँ स्थितिलाई नियन्त्रणमा राख्न प्रहरीले सेनासँग सहयोग मागेको छ ।

के हो विवाद ?

मे २००२ मा डेरा सच्चा सौदा प्रमुखमाथि यौन शोषणको आरोप लागाउँदै एक साध्वीले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई पत्र लेखेकी थिइन्, जसको एकप्रति पञ्जाब र हरियाणा उच्च अदालतका मुख्य न्यायाधीश कहाँ पुग्यो ।

उच्च अदालतले २४ सेप्टेम्बर २००२ मा यसबारे अनुसन्धान गर्न आदेश दिएको थियो । शुक्रबार पञ्चकुलाको सीबीआई अदालतले राम रहीमलाई दोषी ठहर गरिदियो ।

अदालतले २८ अगष्टमा उनलाई सजाय सुनाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनलाई हिरासतमा लिएर सेनाको नियन्त्रणमा राख्ने फैसला भएको छ । गुरमीत राम रहीमलाई सेनाको वेस्टर्न कमाण्ड मुख्यालयमा राखिएको छ ।

राम रहीम दोषी ठहर भएको सार्वजनिक भएलगत्तै पञ्जाब र हरियाणामा हिंसा भडि्कएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?