+
+

रामापुरमा बस र टिप्पर ठोक्किदा ४ जना घाइते

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ भदौ ११ गते १८:५४

११ भदाै,बुटवल । रुपन्देहीको सैनामैनामा बस र टिप्पर ठोक्किदा चार जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैनाको कलौनीस्थित शहीद नारायण पोख्रेल रामापुर क्याम्पस अगाडि दुर्घटना भएको हो ।

दुर्घटना ठूलो भएपनि मानवीय क्षति भने भएको छैन । ठोक्किएका दुई सवारी क्षतबिक्षत भएका छन् ।

अर्घाखँँचीबाट बुटवल तर्फ आउदै गरेको लु १ ख ७६९२ नम्बरको बस र बिपरित दिशातर्फ गुडिरहेको लु १ ख ६०८४ नम्बरको टि्रप्पर ठोक्किएका हुन् ।

घाइते हुनेहरुमा टिप्पर चालक कपिलबस्तु जिल्ला तौलिहवा १९ का २८ वर्षीय शिवनारायण अहिर, सहचालक सोही ठाउँ वस्ने १९ वर्षीय राम दास पुरि र बसमा सवार अर्घाखाँची मालारानी गाउपालिकाका २८ वर्षीय गणपती खनाल , कपिलबस्तु जिल्लाका पत्थरकोटका २७ वर्षीय बिष्णुप्रसाद पौडेल रहेको अस्थायी ट्राफिक प्रहरी पोस्ट मूर्गियाले जनाएको छ ।

घाइतहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार सुरु भएको छ । दुर्घटनापछि बन्द भएको राजमार्ग अहिले खुलेको छ । सडकमा रहेका दुबै सवारीलाई जेसिबीको प्रयोगबाट हटाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?