+
+

जब दीपकको गालामा चुम्बन गर्दा दीपाका आँखा रसाए…

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १२ गते १६:३४


चलचित्र ‘छक्का पन्जा २’को दोश्रो गीत सार्वजनिक कार्यक्रममा जब निर्माता तथा कलाकार दीपकराज गिरीले सबैको नाम लिए, त्यतिबेलासम्म एउटा नाम छुटिरहेको थियो । दीपकले सबैको नाम लिइसकेपछि एउटा नाम लिन आश्यक छैन भन्दै भने-‘दीपाजी, जो बिना म अधुरो छु ।’

दीपकले दीपाविना अधुरो छु भनेर भनेपछि दीपा आफू उभिरहेको ठाउँबाट दीपकसम्म आइन् र उनको गालामो चुम्बन गरिन् । यसपछि, हलमा उपस्थित पत्रकार र चलचित्रकर्मीबाट हुटिङ चल्यो । दीपा केही लजाइन् ।

उनको आँखामा आँशु टिलपिल भैसकेको थियो । हलमा बसेका चलचित्रकर्मी र पत्रकारले ‘वान्स मोर’ भनिरहँदा दीपकले हात दिदै दीपालाइ आउन आग्रह गरे । दीपकले आफूले त चुम्बन गरेको छैन है भनिरहँदा दीपा फेरि लजाइन् । दीपा दीपकको अंगालोमा फेरि आइन् ।

यो दृश्यले दीपक र दीपा एक अर्काविना कती अधुरो छन् भन्ने कुरा प्रष्ट पार्दछ । दीपाको मिहिनेत र कामको दीपकले खुलेरै तारिफ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?