Comments Add Comment

पल्सर स्पोर्टस अवार्ड र साहस स्पोर्टसबीच प्रायोजन सम्झौता

१२ भदौ, काठमाडौं । खेलपोशाक उत्पादन कम्पनी साहस स्पोर्टसले पल्सर स्पोर्टस अवार्डका लागि नेपाल खेलकुद पत्राकार मञ्चसँग प्रायोजन सम्झौता गरेको छ ।

सम्झौता अनुसार साहस स्प्ोर्ट्सले मञ्चलाई ३ लाख रुपैयाँ बराबरीको सामाग्री उपलब्ध गराउनेछ । त्यस्तै साहसले पल्सर स्पोर्ट्स अवार्ड-२०७३ मा मनोनयनमा पर्ने सबै खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई ट्र्याकसुट तथा मञ्चलाई टी-सर्ट र क्याप उपलब्ध गराउनेछ ।

त्रिपुरेश्वरस्थ्ित नपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा सोमबार मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्ट्सका अध्यक्ष जनक न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

मञ्चले नेपाली खेलकुदमा बिशेष योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारी र संस्थालाई पल्सर स्पोर्टस अवार्डबाट सम्मानित गर्दै आएको छ । पल्सर स्पोर्टस अवार्ड २०७३ यही भदौ २६ गते प्रत्रा प्रतिस्ठानमा आयोजना हुनेछ ।

अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथ्लिट, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड विधा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment