Comments Add Comment

सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो-शो’ आजबाट काठमाडौंमा


१३ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको अायोजनामा अाज मंगलबारदेखि काठमाडौंमा नाडा अटो-शो सुरू हुँदैछ । नाडाले सवारीसाधनको कुम्भ मेलाका रूपमा अाजदेखि १८ गतेसम्म भृकुटीमण्डपमा अटो-शो गर्दैछ । १२ औं नाडा अटो-शोमा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधन राखिने छन् ।

हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे र टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिने नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुबि्रकेण्टसका पनि स्टल राखिने छन् ।

नाडाले दशैं आउनुभन्दा झण्डै महिना दिन अगाडि गर्न लागिएको अटो-शोमा सवारीका नयाँ मोडलहरु सार्वजनिक गरिने छ । मेलमा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने बताएको छ ।

मेलामा अवलोकन गर्नेमध्येबाट एकजना भाग्यशाली विजेतालाई युमको रेनिगेड कमाण्डो २३० बाइक पनि प्रदान गरिने छ।

८७ वटा वटा संस्थाकास्टल रहने प्रदर्शनीलाई ५० हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

अवलोकनकर्ताहरूको सुविधाका लागि २ पाङग्रे, ४ पांग्रे, कमर्सियल गाडीहरू तथा वित्तिय संस्थाहरूको छुट्टा-छुट्टै ठाँउहरू निर्धारण गरिएको श्रेष्ठले बताए । ९० वटा संस्थाका १३० वटा स्टल मेलमा रहनेछन् ।

पर्याप्त पार्किङ सुविधाका लागि यसवष्र्क बाल्मिकी क्याम्पसमा पनि पार्किङको सुविधा उपलब्ध गराइने छ । मेलालाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यके मह जोडीले प्रवर्द्धन गरिरहेका छन्।

मेलाबाट उठेको रकममध्ये ५ लाख रुपैयाँ बाढीपीडितको सहयोगका लागि उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment