Comments Add Comment

पुल निर्माणमा खटिएका प्राविधिक कुटिए

कार्बाही नभएसम्म पुल निर्माण रोक्ने दाताको चेतावनी

१३ भदौ, सिन्धुपाल्चोक । स्थानीय सडक पुल कार्यक्रम एलआरबीपी र जिल्ला समन्वय समितिको सहयोगमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ पाखरखोलामा निर्माण भइरहेको पुलको निरीक्षण गर्न गएका कर्मचारी कुटिएका छन् । कर्मचारी कुटिएपछि पुल निर्माण कार्य रोकिएको छ ।

४ करोडको लागतमा निर्माण भइरहेको पुलको ‘लाइन’ दिन गएका एलआरबीपीका टेक्निकल अफिसर मनोज खतिवडालाई स्थानीय कांग्रेस कार्यकर्ता नर्बु तामाङले पुल निर्माण स्थलमै निर्घात कुटपिट गरेका हुन् ।

पुलको निरीक्षण गर्न गएका आफ्ना कर्मचारीहरुलाई कार्यस्थलमा नै कुटपिट गरेपछि एलआरबीपीले कुटपिटमा संलग्नलाई कार्बाही नगरेसम्म पुल निर्माण नगर्ने भन्दै पुल निर्माणको काम नै स्थगित गरेको छ । एलआरबीपीका डेपुटी टिम लिडर शकिल मानन्धरले शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा काम गर्ने वातवरण नभएको र कामको अनुगमणमा पुगेका कर्मचारीहरुलाई पटक–पटक धम्की दिने, कुटपिट गर्ने काम निरन्तर भएकाले कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही नहुँदासम्म काम गर्न नसक्ने गुनासो गरेका छन् ।

सुनकोशी गाउँपालिकाको ५ र ६ वडा र लिसंखुपाखार गाउँपालिका ७ नम्बरका साथै स्थानीयलाई पुल निर्माणपछि सहज हुनेछ । दुई वर्षअघि नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलन्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment