Comments Add Comment

मन्त्रीसँग सम्बन्ध बिग्रिएको छैनः कुलमान


१३ भदौ, काठमाडौं । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आफुलाई हटाउन लागेको भन्ने आरोप निराधार भएको नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाएका छन् ।

अख्तियार लगाएर हटाउन खोजेको भन्ने आरोपमा सत्यता नरहेको र अहिलेको ऊर्जा संकट समाधान गर्न मन्त्री र आफू सँगसँगै रहेको घिसिङले बताएका छन् ।

मंगलबार बिज्ञप्ति जारी गर्दै घिसिङले उर्जा मन्त्री शाहीको नेतृत्वमा समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम भइरहेको समेत जानकारी दिएका छन् ।

‘ऊर्जा मन्त्री, उर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेका छ ।’ बिज्ञप्तीमा भनिएको छ ।

दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामा आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन आफूहरु लागिरहेको उनले उल्लेख गरेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र उर्जा मन्त्री लगायत मन्त्रालयका पदाधिकारीबीचको सम्बन्ध चिसिएको खबर सार्वजनिक भएपछि उनले मुख खोलेका हुन् ।

सम्बन्धित समाचार

अख्तियार लगाएर कुलमान हटाउने खेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment