Comments Add Comment

ब्रिक्समा ‘आउटरिच समिट’ नहुने

नेपाललाई भारतले छुटाएन, चीनले छुटायो

१३ भदौ, काठमाडौं । चीनको फुजियान प्रान्तमा १५-१९ भदौमा हुन लागेको नवौं ब्रिक्स सम्मेलनमा यस पटक ‘आउटरिच समिट’ नहुने भएको छ ।

उदयीमान आर्थिक शक्तिहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिणअपि|mकाबीचको सहकार्य (ब्रिक्स) सम्मेलनको आतिथ्यता यस पटक चीनले गर्दैछ ।

गत वर्ष भारतको गोवामा ब्रिक्सको आठौं शिखर सम्मेलन भएको थियो । सोही सम्मेलनमा भारतले बिमस्टेक मुलुकहरुका राष्ट्र/सरकार प्रमुखहरुलाई पनि आमन्त्रण गरेको थियो । ब्रिक्स सम्मेलन समापनपछिको क्षेत्रीय आउटरिच समिटमा सहभागी भएका थिए, उनीहरु ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेद, म्यानमारकी नेतृ आङ सान सुकी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे र थाइल्यान्डका उपमन्त्री विरासाक्दी फुत्राकुल समिटमा सहभागी थिए ।

सोही क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तत्कालीन प्रधानमन्त्री दाहालले एकसाथ भेटवार्ता गरेको विषयले चर्चा पाएको थियो ।

यस पटकको सम्मेलनको तालिकामा ‘आउटरिच समिट’ नै समेटिएको छैन । दक्षिणअफ्रिकामा सम्पन्न सातौं ब्रिक्स सम्मेलनमा अफ्रिका महादेशका मुलुकलाई आमन्त्रण गरेर क्षेत्रीय विकासका एजेन्डामा छलफल गरिएको थियो । सोही सम्मेलनदेखि ‘साइडलाइन’ वार्ताको एक मञ्चका रुपमा आउटरिच समिटको चलन सुरु भएको हो ।

त्यसैलाई निरन्तरता दिँदै भारतले पाकिस्तानबाहेकका सार्क मुलुक र थाइल्यान्डलाई आमन्त्रण गरेको थियो, जसमा अफगानिस्तान पर्यवेक्षक थियो । क्षेत्रीय लाभका एजेन्डा पहिल्याउन त्यस्ता समिट उपयोगी हुने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment