+
+

गुगलको गल्तीले जापानको इन्टरनेटमा अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते २३:५०


जापानमा शुक्रबार भएको इन्टरनेट अवरोध आफ्नो गल्तीका कारण भएको गुगलले स्वीकार गरेको छ ।

इन्टरनेटको अवरोधले जापानमा अनलाइन बैंकिड, रेलवे टिकट भुक्तानी सेवा तथा गेमिङ साइटहरु समेत प्रभावित भएका थिए ।
जापान टाइम्सका अनुसार चर्चित कम्पनी निन्टेन्डो तथा इस्ट जापान रेलवे कम्पनी पनि इन्टरनेट अवरोधबाट प्रभावित भए ।गत शुक्रबार नेटवर्क कन्फिग्यूरेसन एररका कारण केही समय जापानमा विभिन्न क्षेत्रमा इन्टरनेट अवरोध भएको थियो । गुगलका प्रवक्ताका अनुसार यस्तो एरर जम्मा ८ मिनेट मात्र कायम रह्यो । तर जापनमा कतिपय क्षेत्रका इन्टरनेट सेवा सुचारु हुन चाहिँ घण्टौँ लागेको थियो ।

जापानी इन्टरनेट सर्भिस प्रोभाइडरकोमा जानुपर्ने वेब ट्राफिक गुगलमा पठाइएका कारण यस्तो अवरोध भएको हो । किनकी गुगलले थर्ड पार्टी नेटवर्कस्लाई ट्रान्जिट प्रदान गर्न सक्दैन ।

५ करोड भन्दा बढी प्रयोगकर्ता रहेको जापानको मुख्य टेलिकम प्रोभाइडर एनटीटी कम्युनिकेसन कर्पको ट्राफिक गुगलको कन्फिग्यूरेसन एररका कारण कसरी हाइज्याक भयो भन्ने विषयमा जापानको गृह तथा संचार मन्त्रालयले छानविन थालेको छ ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?