Comments Add Comment

रिया आइएमईबाट ५ लाख प्रधानमन्त्री राहत कोषमा

१३ भदौ, काठमाडौं । मलेसियास्थित रिया आइएमईले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पुर्‍याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहत तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका यो रकम हस्तान्तरण गरिएको हो ।

रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका महामहिम राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई हिजो मलेसियास्थित नेपाली दूतावासमा भेटेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment